काठमाडौँ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाई सकिएको छ ।
गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाई भएको हो ।
धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाई भएको छ । रासस
फोटो:फाइल