विराटनगरको लर्ड बुद्ध स्कुल र कोशी मोडल स्कुल मर्जर

<span class='c1'>विराटनगरको लर्ड बुद्ध स्कुल र</span> <span class='c2'>कोशी मोडल स्कुल मर्जर</span>

विराटनगर । विराटनगरमा रहेको लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी लर्ड बुद्ध र कोशी मोडल स्कुल मर्जर भएको हो ।

मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध निर्देशक राजेश भट्टराई र कोशी मोडल स्कुलको तर्फबाट निर्देशक मनिष सोनिले हस्ताक्षर गरेका छन् । मर्जरपछि के नाम राख्ने त्यो छलफलपछि तय गर्ने कोशी मोडल कलेजका निर्देशक मनिष सोनीले बताए ।

विगत २५ वर्ष देखि विद्यालय सञ्चालनमा गौरवशाली इतिहास बोकेको यी दुई विद्यालयहरू मर्जर गरी विद्यार्थीहरुलाई समय सापेक्ष एवम वालकेन्द्रित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने बताएको छ ।

मर्जर पछिको यस विद्यालयले प्रदेश तथा राष्ट्रिय स्तरमा अव्वल शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्दै अगाडी बढने लर्डबुद्ध स्कुलका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताए । ‘अझै २१ औं शताब्दी सुहाउँदो अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूरा गर्ने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अवका दिनमा अवलम्बन गर्ने कार्यक्रमको वारेमा हाम्रा श्रद्धेय अभिभावकवर्गमा सुसूचित गराउनु विद्यालयले आफ्नो कर्तव्य ठानेको छ । विद्यालयले राष्ट्रिय तथा प्रादेशिक रूपमा प्राप्त गरेको सफलता चाहे त्यो शैक्षिक वा अतिरिक्त क्रियाकलापको नतिजा नै किन नहोस् त्यसको पछाडिको महत्वपूर्ण कडी भनेको हाम्रो आदरणीय अभिभावकवर्गले हामीप्रति अहिलेसम्म गर्नुभएको विश्वास तथा प्रगाढ स्नेहले गर्दा नै हो,’ जारी प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

आगामी दिनमा परिवर्तित शैक्षिक परिवेशलाई मध्यनजर गर्दै विद्यालयले विद्यार्थीको सिकाइ र सर्वाङ्गीण विकासको निम्ति परिमार्जन तथा अद्यावधिक गर्दै लैजाने स्कुलले जनाएको छ । यो मर्जर प्रक्रिया शैक्षिक उन्नति, प्रगति तथा शिक्षण सिकाइका लागि एउटा सकरात्मक कदम हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्