झापाबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ दमक नगरपालिका-९ का ३० बर्षीय रमेश सिवालाई २ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

त्यसैगरी बिर्तामोड नगरपालिका-३ बाट ४ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद नेपाली रूपैयाँ छयत्तर हजार, तीन सय पन्ध्र सहित स्थानीय ३४ बर्षीय रोशन राजवंशी र २१ बर्षीय रोहित राजवंशीलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्