कोशी प्रदेशका मुख्यमन्त्री थापाको विश्वासको मत विरुद्ध पुनः एमाले सर्वोच्च जाने

कोशी प्रदेशका मुख्यमन्त्री थापाको विश्वासको मत विरुद्ध पुनः एमाले सर्वोच्च जाने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरित भएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत जाने भएको छ ।

संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । सर्वोच्चमा अन्यायको निम्ति लड्न जाने बताउदै उनले संसदमा हुनुनपर्ने प्रतिवाद रहने त्यसलाई स्विकार नगर्ने बताए । उनले राजनीतिकरुपमा पनि संविधानलाई मिचेको कुरालाई जनताको बीचामा पु¥याउने र भण्डाफोर गर्ने बताए ।

भोली अर्थात बुधबार अदालतमा रिट दायर गर्ने नभ्याएको खण्डमा विहिबार रिट दायर गर्ने उनले बताए । सोमबार आफैँले मुख्यमन्त्रीले विश्वासको प्रयोजनका लागि बोलाइएको बैठक छलेर प्रदेशसभाकी सभामुख सिर्जना दनुवार काणमाडौ हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा उनपस्थित नभएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए । उनलै सांसद मुन्सरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए । मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो ।

सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसबिरुद्ध एमाले अदालत जान लागेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्