बुढीगंगामा स्कुल बसले ठक्कर दिदाँ एक विद्यार्थी गम्भिर घाईते

बुढीगंगामा स्कुल बसले ठक्कर दिदाँ एक विद्यार्थी गम्भिर घाईते

विराटनगर । मोरंगको बुढीगंगा गाउँपालिका १ स्थित मिलन चोकमा स्कुल बसले ठक्कर दिदाँ एक विद्यार्थी गम्भिर घाईते भएका छन्।

मंगलबार दिउँसो विराटनगरमा रहेको सेन्ट मेरीज स्कुलको बसले ठक्कर दिदाँ बुढीगंगा १ बस्ने वर्ष १२ का सन्देश सोनाम घाइते भएको प्रहरीले जनाएको छ।

बुढीगंगा १ स्थित नरग्राम मावि कक्षा ६ मा अध्ययनरत सोनामको हाल विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भईरहेको छ।

ठक्कर दिने चालकसहित बसलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

सोनामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

आवर विराटनगरले विद्यालयहरुको बस तीब्र गतिमा गुडाउने तथा बसमा धेरै विद्यार्थी कोचेर कुदाउने बिषयमा बारम्बार समाचार सम्प्रेषण गर्दै आएको छ ।

विराटनगरमा रेल झैं कुद्छन् बालबालिका बोकेका स्कुल बस

समाचार पढ्नुहोस् : https://ourbiratnagar.net/2023/05/223889

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्