भित्रिदै बिदेशी लगानी : साउनमा उद्योग क्षेत्रमा ११ खर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त

भित्रिदै बिदेशी लगानी : साउनमा उद्योग क्षेत्रमा ११ खर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा उद्योग क्षेत्रमा ११ खर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार ६० वटा उद्योगमा उक्त लगानी प्रतिवद्धता प्राप्त भएको हो । वैदेशिक लगानी प्रतिवद्धतामध्ये ५४ वटा साना, चारवटा मध्यम र दुईवटा ठूला उद्योगको लागि प्राप्त भएको विभागले जनाएको छ ।

प्राप्त लगानी प्रतिवद्धता अनुसार लगानी हुँदा तीन हजार ३०१ रोजगारी सिर्जना हुने बताइएको छ ।

प्राप्त वैदेशिक लगानी प्रतिवद्धतामध्ये ४६ प्रतिशत पर्यटन, दुई प्रतिशत कृषि, सात प्रतिशत उत्पादन, दुई प्रतिशत आईसीटी र ४३ प्रतिशत सेवा क्षेत्रसँग सम्बन्धित रहेको छ ।

नेपालले हालसम्म चार खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार ६०० रुपैयाँको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रतिवद्धता प्राप्त गरेको छ । पाँच हजार ९१९ उद्योगमा उक्त प्रतिवद्धता प्राप्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्