न्यूरो अस्पताल र कुमारी बैंकबीच छुट सम्झौता

<span class='c1'>न्यूरो अस्पताल र कुमारी</span> <span class='c2'>बैंकबीच छुट सम्झौता</span>

विराटनगर । न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटलसँग दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतापत्रमा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेस भट्टराई र कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख मनिश श्रेष्ठले हस्ताक्षर गरेको हस्पिटलका रिलेशनशिप अफिसर आर्यन गिरीले जानकारी दिए ।

सम्झौतासँगै कुमारी बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो अस्पतालमा उपचार गर्दा ओपिडी सेवा, बेड चार्ज, ल्याव टेष्ट, एक्सरे, इन्डिस्कोपी, फिजियोथेरापी, सिटी इसक्यान, एमआरआई लागयत विभिन्न किसिमका स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।

बहुआयमिक उपचारमा ख्याती कमाएको अस्पताल आहिले सुपरस्पेसिएलिटी सेवाको लागि भरपर्दो गन्तब्य भएको अस्पतालको दाबी छ ।

अस्पतालले विभिन्न संस्थासंगको सहकार्यमा अस्पतालको सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्