सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत हो : डा. शेखर कोइराला

<span class='c1'>सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत</span> <span class='c2'>हो : डा. शेखर कोइराला</span>

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

कोशी प्रदेशमा अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको समेत बताए । उनले प्रदेश सरकारले न्यायालयको सम्मान नगरेको हो भन्ने प्रश्नमा उनले अदालतले निर्णय गरेको पहिलेको निर्णय सही रहेको बताए । उनले भने,‘ फेरि हामीले दोह्रो¥यायौं सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौं ।’

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई पनि मतदान गराएर विश्वासको मत लिएका थिए । कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा पनि सरकार गठन हुन नसक्ने बताउँदै उनले उपधारा ५ मा पुगेपछि सरकार गठन हुने अवस्था देखिएको बताए ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एआइजी र एसएसपीको सरुवा भएकोप्रति उनले असन्तुष्टि जनाएका छन् ।
‘डिआइजी एआइजीको सरुवा त प्रक्रियामा हुने बताउदै उनले चार महिनामै सरुवा गर्दिने चित्त बुझेको बताए । उनले भने,त्यसरी गर्न थाल्यो भने अफठ्यारो परिस्थिति बन्छ ।’

सरकारले अनुसन्धानका लागि राज्यका निकायलाई स्वतन्त्रता नदिएको आरोप लगाउँदै उनले सिआईबीलाई पनि इन्डिपेन्डेन्ट हिसाबले चल्न दिएको भए परिस्थिति अर्कै बन्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्