मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण

<span class='c1'>मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक</span> <span class='c2'>भएको भन्दै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई एमालेले ध्यानाकर्षण गराएका छन् ।

एमाले संसदीय दलका उपनेता राम राना सहितको सांसदहरूले प्रदेश प्रमुख खापुङलाई मुख्यमन्त्री थापाले लिएको विश्वसको मत असंवैधानिक रहेको भन्दै जानकारी गराएका हुन् । उनीहरुले हिजो अर्थात मंगलबार प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका हुन्।

सोमबार आफैंले मुख्यमन्त्रीले विश्वासको प्रयोजनका लागि बोलाइएको बैठक छलेर प्रदेशसभाकी सभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका ज्येष्ठ सदस्य बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए।

उनै सांसद मुन्सरीले विश्वासको मत लिने बैठक सञ्चालन गरी मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका वेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए। मन्सुरी समेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरी प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो।

सभाध्यक्षको मतदानबाट विश्वासको मत असंवैधानिक भएको भन्दै एमालेले प्रदेश प्रमुखलाई जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्