कोशी प्रदेशका मुख्यमन्त्री थापा नेतृत्वको सरकार विरुद्ध सर्वोच्चमा रिट, बर्खास्त गर्न अन्तरिम आदेश माग

कोशी प्रदेशका मुख्यमन्त्री थापा नेतृत्वको सरकार विरुद्ध सर्वोच्चमा रिट, बर्खास्त गर्न अन्तरिम आदेश माग

विपराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धब थापाले संविधान विपरीत विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका हुन् ।

रिट निवेदनमा गैर–संवैधानिक रुपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धब थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ । सोमबार प्रदेशसभाका सभाध्यक्ष इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्