विराटनगर । सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवमा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरित विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि स्थगित भएको हो ।
सभामुखले संविधानको ठाडो उल्लघंन गरेको भन्दै राप्रपा र एमाले नाराबाजी गर्दै सदनबाट बाहिरिएका थिए । विपक्षी दलका सांसदहरु बाहिरिएपछि सभाध्यक्ष इस्राइल मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि सदन स्थगित गरेका थिए । बैठकमा प्रदेश निजामती सेवा ऐन ०७९ लाई संसोधन गर्न बनेको विद्येयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने कार्यसूची रहेको थियो तर, प्रतिपक्षले संसद बैठक बहिष्कार गरेपछि कार्यसूची बैठकमा प्रवेश गर्न सकेन । विपक्षी दलको संसद बहिस्कारसँगै अब प्रदेसभा बैठक कसरी चल्छ ? बजेटको विषयमा कसरी छलफल अगाडी बढ्छ भन्ने विषयमा प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्री थापालाई संचारकर्मीले राखेको संक्षिप्त कुराकानी.....
विपक्षको बहिष्कारपछि सदन स्थगित भयो अब के हुन्छ ?
कोशी प्रदेश सहमित सहकार्य समजझदारीबाट नै अगाडी बढ्नुपर्ने हुन्छ । फेरी पनि आज सभा चल्न सकेन अनिश्तिकालका लागि स्थगित भएको छ । सभामुख आउनुहुन्छ त्यसपछि बसेर सल्लाह गरेर सहमितबाट बैठक अगाडि बढ्छ । हामी हरेक विषयलाई सहमतिमा लिएर जान्छौ ।
बजेट होलिडको अवस्थामा देखिएको बजेटको विषयलाई के गर्नुहुन्छ ?
बजेट होलिडे हुँदैन ।
त्यसो भए बजेट अध्यायदेशबाट ल्याउनुहुन्छ ?
यसको समय छ, हाम्रो सल्लाह भइरहेको छ , साथीहरु अलिक आवेसमा आउनुहुन्छ । फेरी पनि एउटा समिति बनेको छ त्यहाँ हामी बसेर सल्लाह गर्छौ हामी बजेट होलिडेजको अवस्था हुन दिनौँ ।
विश्वासको मत विरुद्ध रिट परेको छ के गर्नु हुन्छ ? अदालतले रोकिदियो भने नि ?
हाउस चलेन सहमित भएमा एकै दिनमा बजेट आँउछ । अदालतको आदेश आयो भने त विकल्प छैन । सर्वोच्चको आदेशलाई हामीले मान्नै पर्छ । यति चाँडै आदेश नआउला ।
विपक्षी दलहरुसँग वार्ता सकरी गर्नुभएको छ ?
हामीले छलफल गरिहरका छौँ, सम्पर्क गर्छौँ । वार्ता गर्ने कोशिस गर्छौँ ।