झापा र सुनसरीबाट अबैध लागुऔषधसहित ७ जना पक्राउ

झापा र सुनसरीबाट अबैध लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर । सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउसो ४ बजे प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिडीरहेका झापाको मेचिनगर नगरपालिका-१४ का २२ बर्षीय अजय राजवंशि र मेचिनगर नगरपालिका-१२ का २२ बर्षीय समिर धिमालको साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी वडा प्रहरी कार्यालय धरानले प्रतिबन्धीत औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुल सहित सुनसरीको धरान नगरपालिका- १० की १९ बर्षीया श्रदा क्षेत्री , बर्ष २३ का किसन राई, बर्ष १५ का गोपाल क्षेत्री र १७ बर्षीञ उत्सब बि.क. लाई उक्त परिणामको अबैध लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीको टोलीले झापाको झापा गाउँपालिका-६ घर भई हाल धरानको भोटेपुलमा होटल संचालन गरी बसेका ६४ बर्षीय दिल बहादुर कार्कीलाई शंका लागी चेकजाँच गर्दा निजको सुत्ने कोठा भित्रबाट स्पास्मोप्रोक्सिबन १०० ट्याब्लेट बरामद गरेको थियो ।

अबैध लागुऔषधसहित पक्राउ परेका सातै जनाको घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्