विराटनगर । सम्भावित दुर्घटनाको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ ।
शनिबार तय भएको धार्मिक र्यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो ।
गुरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनहरुले धरानमा धार्मिक र्यालीको आयोजना गरेका हुन् ।
र्यालीले उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
धरानमा प्रशासनले शुक्रबाररातिदेखि शनिबार रातिसम्मका लागि नै निषेधाज्ञा जारी गरेको हो ।