गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

- सृष्टि सावित्रा
"उडेको खुशी "
भएकै खुशी म बाट छुटेर गएको छ
हेरन सिङ्गै जवानी खेर गएको छ

आफैँ मरेर तिमीलाई बचाउछु भन्नेले
मुटुमा तिखो भाला रोपेर गएको छ

कति अभागी रहेछ मेरो सिउँदो पनि
भर्छु भन्नेले अर्कैलाई रोजेर गएको छ

रहर निर्जीव हुन्छ कसले भनेको हो ?
मेरो रहर हरेक दिन उडेर गएको छ

मलाई गिराउन खोज्नेहरु के सोच्दा हुन
मेरो बारेमा समयले सोचेर गएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्