गीत

<span class='c1'>गीत</span> <span class='c2'></span>

-श्रीबहादुर केसी शैलुङ्गे
कामकाे खाेजी गरिरहे चारै तिर डुलिरहे
गर्मी जाडाे घाम पानी सबै सबै भुलिरहे।

कस्ताे हाेला काम पनि फुर्सद झनै छैन
थकानकाे महशुसमा बस्न कति पाइदैन
बार्ह घण्टा खटेकाे छु मर्म बुझ्ने भए थाेरै
कस्ताे काम गर्याे भन्दै कुरा काट्छन आखिर मेरै।

दिन भरकाे काम थियाे थकित थिए घर पुग्दा
कस्ताे देख्नु पर्दाे रै छ घरकाे सन्तान भुक्दा
के गराै कसाे गराै मनमा अति डाहा हुन्छ
हरे शिव कृष्ण प्रभु कुरा कसले मेराे सुन्छ।

सुनाएर सकिँदैन असंख्य छन मनका कथा
कुन औषधि सेवन गराै विसेक हुने ब्यथा
कामै कामकाे खातै खातमा जीवन यसै झुलिरहे
गर्मी जाडाे घाम पानी सबै सबै भुलिरहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्