गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-शिखा खतिवडा
पिडा झैँ बन्दै अब भरेर मेरा यी नयनले
झरी जस्तै नै फेरि झरेर मेरा यी नयनले

दु:खेकाे छु यति बेला मेराे याे जिन्दगीमा
मेरै हृदयमा पाे छल गरेर मेरा यी नयनले

हूँ नदीको त्याे किनारा प्यासले अतृप्त छु
बगर भिजाउने आँसु छरेर मेरा यी नयनले

बेखबर बने छ शाेकहरुले नै मेराे जिन्दगी
अपयसकाे घेराभित्र परेर मेरा यी नयनले

धेरै दुख्नुछ शिखासँग दुख्दै गर ए जिन्दगी
भिज्दैछन् अधर भरि सरेर मेरा यी नयनले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्