रमिता

<span class='c1'>रमिता</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
पट्टेर लाग्दो जंगलबाट
निस्केको हुस्स कुहिरोमा
पनि द्वन्द छ
आकाशमा उडिरहेको कालो
बादलमा पनि द्वन्द छ
यो कस्तो रमिता?

बिहानिको कलिलो घाममा
पनि द्वन्द नै छ।
चरा चुरुङ्गिमा पनि द्वन्द नै
खोला नाला नदिमा पनि
त्यही छ
झार जंगलमा पनि त्यहिनै
छ।
यो कस्तो रमिता?

शरीरमा भएका आला घाउ
मलम बिच द्वन्द छ
खल खलती पसिना र पानी
बिच द्वन्द छ
यो कस्तो रमिता ?

नसाको रगत रगत बिच
द्वन्द छ
हेर्नुस् न ती कुर्सी कुर्सी
बिच द्वन्द छ
यो कस्तो रमिता?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्