राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा घिमिरे

राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा घिमिरे

मणिराम दाहाल

सुन्दरहरैँचा । सुन्दरहरैंचा ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।

नेकपा एमालेको युवा संगठनले कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकीलाइ चयन गरेको छ । कार्यक्रममा नव गठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियाे ।

अधिवेशनमा युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे, नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत, नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानको सभा हलमा कार्यक्रम भएको थियाे । सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता र गतिशीलता भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीमा आवद्ध व्यक्तित्व , प्रतिनिधि लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ मोरङ अधिवेशन आयोजक कमिटीका संयोजक प्रविण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्