नि:शुल्क ट्युसन पढाउदै संखुवासभाका ‘सीताराम’

<span class='c1'>नि:शुल्क ट्युसन पढाउदै</span> <span class='c2'>संखुवासभाका ‘सीताराम’</span>

सुजता लिम्बू
विराटनगर । ‘अब मात्र ७ जनाको निशुल्क कक्षाको लागि सिट खाली’ कक्षाकोठामा विद्यार्थीहरुको साथमा खिचिएको तस्बिर क्याप्सनसहित सीताराम नेपालको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको थियो ।

सोही क्याप्सन र तस्बिरका आधारमा प्रश्न सामाजिक सञ्जाल मेसेन्जर मार्फत सोध्न पुगियो । उनले सहजै सोधेको प्रश्नको जवाफ मेसेन्जर मार्फत नै व्यक्त गरे । संखुवासभा जिल्ला धर्मदेवी- ५ का सीताराम पेसाले शिक्षक रहेछन् । खाँदबारी नगरपालिका ७ नयाँ बजारमा रहेको अरुण भ्याल्ली पब्लिक स्कुलमा ४ वर्षदेखि अध्यापन गराउदै आइरहेको उनले बताए । अहिले उनी बिहानको समय कक्षा १० का विद्यार्थीहरुलाई नि:शुल्क गणित र विज्ञानको ट्युन पढाउदै आइरहेका छन् । एसईइका विद्यार्थीलाई लक्षित गरेर नि:शुल्क ट्युसन पढाउदै आएका उनले परिक्षाका समय गणित विषयमा कम अंक ल्याउने र फेल हुने समस्यालाई समाधान गर्ने मुख्य उद्देय रहेको बताए ।

‘कतिपय विपन्न परिवारका बच्चाहरु पैसा तिरेर कोचिङ कक्षा पढ्न पाएका हुँदैनन्, कुनै विद्यार्थी गणितमा कमजोर हुन्छन् अथवा भनौँ फेल हुन्छन्,’ उनले भने,‘त्यही समस्यालाई समाधान गर्ने विकल्पको रुपमा यो अभियान शुरु गरेको हो।’
आफ्नो पेसागत जिम्मेवारी निभाए बापतबाट आएको रकम (तलब)ले जीवन धानिरहेको बताउदै उनले जीवन पैसाले चल्ने भन्दा पनि आत्म सन्तुष्टि र खुसी भए जीवन रमाइलो हुने सुनाउछन् ।

त्यसो त उनी थुप्रै वर्ष सुनौलो भविष्यको खोजिमा वैदेशिक रोजगारीका लागि साउदी, कतार नगएका पनि होइनन् ।
अर्काको देशमा पसिना बेचेर आफ्नो भविष्य स्वर्णिम बनाउने सपनाका चाङ लिएर विदेश पुगेका उनी अर्कोको देशमा असहज परिस्थितिले बाँचेका नेपालीलाई खुलेर आर्थिक, नैतिक साथ दिएका थुप्रै किस्साहरु छन् उनीसँग । ‘म विदेश बस्दा एन आर एन ए को वरिष्ठ उपाध्यक्ष हुँदा आफ्नो तलब सकिएको थाहा नपाइ थुप्रैलाई सहयोग गरेको छु,’ उनले भने,‘अहिले विपन्न बच्चालाई पढाउन पाउदा मन सन्तुष्ट भएको छ ।’ वैदेशिक रोजगारी जान अगाडी पनि उनी शिक्षक पेसामा नै आवद्ध थिए । विदेशबाट फर्किएपछि पनि शिक्षक पेसा नै रोजको उनले सुनाए ।

उनले जीवनको उर्जाशिल उमेर कहिले शिक्षक भएर त कहिले विदेशी माटोमा श्रम गरेर विताए । करिब २दशक बढी शिक्षण पेसामा आवद्ध भएका उनी सरकारी स्कुल कहिल्यै नपाढएको बताउछन् । उनी भन्छन्,‘ मैले करिब २४ वर्ष जति काठमाडौं, झापा, विराटनगर लगायत नेपालका विभिन्न स्थानमा पुगेर शिक्षक भएर काम गरे अहिले आफ्नै जिल्लामा केही गरौँ भन्ने सोचले यतै काम सुरु गरेको छु ।’अहिले उनीसँग खाँदबारिको मंगलादेवी मा.बि. तिनपोखरी,बागेस्वरी मा.बि. ढुङ्गेधारा, सरस्वती मा.बि. माल्टाका लगायतका विद्यार्थीहरु ५० जना निशुल्क ट्युसन पढ्न आउने गरेको उनले बताए ।

संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा सोही जिल्लाका विभिन्न स्थानबाट मात्रै नभएर भोजपुर जिल्लाबाट पनि अध्ययनका लागि आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्