झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

<span class='c1'>झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर</span> <span class='c2'>सहित ३ जना पक्राउ</span>

झापा । झापाको झापा गाउँपालिका-१ बेलायतीबारी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट आईतवार राती खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका २ वटा मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४४ ग्राम २८० मिलिग्राम लागुऔषध सहित बेलवारी नगरपालिका-१० मोरङका २६ बर्षीय सुरेश धिमाल, गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र उर्लावारी नगरपालिका-७ मोरङका २७ बर्षीय बिनोद लिम्बुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध सहित नगद ५१ हजार ७ सय २५ रुपैयाँ र ३ थान मोबाइल बरामद गरेको तथा तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्