मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका–२ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपलिका वडा १ नोचाका वर्ष २१ का पारस मण्डल, धनपालथान ७ कदमाहका वर्ष २४ का रोशन मण्डल र सोही ठाउँका वर्ष २० का विशाल कुमार सिंह रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए।

उनीहरुले साउन ३२ गते रातिको समयमा युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रातको समयमा ढोकामा लगाइएको ताला फुटाइ नगद ५० हजार, दुइ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ । ‘सहकारीको सेफ फुटाइ नगद र ल्यापटप चोरी गरेको पाइएको छ,’ डिएसपी दाहालले भने, ‘अहिले अनुस्न्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

चोरी आरोपमा पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय रंगेली र मातहत प्रहरी चौकी अमाही बरियातीबाट खटिएको असाइ भुवन श्रेष्ठको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जनालाई इप्रका रंगेलीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्