विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा क्रिकेट संघले एसिया कप नि:शुल्क देखाउने

<span class='c1'>विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा क्रिकेट संघले</span> <span class='c2'>एसिया कप नि:शुल्क देखाउने</span>

विराटनगर । विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप क्रिकेटको खेल नि:शुल्क देखाउने भएको छ।

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलहरु सेन्टर मलको छेउ (उत्तर पट्टि), नगर प्रहरी अगाडिको खाली जग्गामा देखाउने भएको हो।

नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः१५ बजे हुनेछ ।

नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुनेछ । एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्न लागेको हुँदा विश्वभरका खेल प्रेमीहरुले उक्त खेल महत्वका साथ हेरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्