१२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई ढाँटेको ओलीको आरोप

<span class='c1'>१२ बुँदे व्याख्यात्मक घोषणा भनेर</span> <span class='c2'>नेपाली जनतालाई ढाँटेको ओलीको आरोप</span>

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ बुँदे घोषणा नै झुटको खेती भएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले ढाँटेको आरोप लगाएका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप उनले लगाए । तर, प्रधानमन्त्री तथा मन्त्रीको नाम भने लिएनन् । एमसीसी सांसदबाट पास गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो,’ ओलीले भने, पहिला नै पास गर्दा ठीक हुन्छ र हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’

मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताएका थिए । एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि हिजो नेपाल आइपुगेका छन् ।

चीनले तपाईका पालामा ल्याएको चुच्चे नक्सालाई मान्यता दिएनन् भन्ने प्रश्नमा ओलीले आफूले राति मात्रै थाहा पाएको र बुझन नपाएको उनले बताए ।

चीनले नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेर जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्