सङ्खुवासभामा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर

<span class='c1'>सङ्खुवासभामा भालुको आक्रमणबाट दुई</span> <span class='c2'>घाइते, एकको अवस्था गम्भीर</span>

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

भालुको आक्रमणबाट मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

बुधबार दिउँसो मकै खोहोरीया काम गर्दै गरेका गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो । भालुको आक्रमणबाट उनीहरूको अनुहार, टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये २६ वर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताउनुभयो ।

घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै लग्ने तयारी भइरहेको उहाँले बताउनुभयो । घाइतेको उपचारका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयसँग छलफल भएको उहाँले बताउनुभयो ।

निकुञ्जसँगको छलफलपश्चात् घाइतेको उपचार बिरामी कुरुवाको खर्च बेहोर्ने सहमतिपछि गाउँपालिकाकै गाडीमा उपचारका लागि भोटखोलाबाट सदरमुकाम खाँदबारी प्रस्थान गरेको अध्यक्ष भोटेले बताउनुभयो ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बर्सेनि आधा दर्जन व्यक्ति भालुको आक्रमणबाट घाइते हुने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्