मेरी आमा

<span class='c1'>मेरी</span> <span class='c2'>आमा</span>

-द्वारिका नेउपाने
यी नाताहरु हुन टुटाउन नहुने
यी गमलाहरु हुन
फुल छुटाउन नहुने
यी ओखती हुन बिर्सनै नहुने

यी मल्हमहरु हुन लगाउनु पर्ने
यी साइनोहरु हुन
अबिरल बग्ने
मुटुसँग मुटु साट्न हुने

यी मेराहरु हुन बन्चित नहुने
यी तेराहरु पनि हुन
स्वच्छ भावना अमृत
मेरा पनि हामी सबैको फुल हुन

यी जुनहरु गुन लगाउने हुन
त्यो भित्रको आशाको किरण हुन
पवित्र निश्चल अनि अमृत
मेरा अनि सबैभन्दा उच्च हुन

बर्खाको घुम अनि छाता हुने
आइपर्दा पराइको पनि नाता हुने
यी सबैको किरण
मेरा तेरा भन्दा नि उच्च हुने
मेरी जननी
सबै भन्दा प्यारी हुन
उनै त आशाका किरण हुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्