गजल

गजल

- मणिराम दाहाल
सम्झेर ल्याउँदा कहिले काहिँ दिक्दार लाग्छ ।
नजिक साेचेर के गर्नु आफैँबाट टाढा भाग्छ जीन्दगी।

थाहा छ जीवन सुख दुःखकाे गहिरो गहिरो  सागर हाे ,
किन सधैं परीक्षा मात्र लिएर यहाँ  जाच्छ जीन्दगी ?

आवश्यकता अनि अभावकाे मात्रै भुमरी छ जताततै ,
अहाे!विडम्बना थाेरै दिएर धेरै धेरै माग्छ जीन्दगी ।

अचानुकाे पिर खुकुरीले जान्दैन भन्थे साँच्चै रहेछ,
माथि बसेर अरूकाे मर्म रेटेर किन ? नाग्छ जीन्दगी।

निराशाले जताततै कसैकाे कालाे बादल छाइ दिदा,
अलिकति भए पनि हाैसला दिदा यहाँ जाग्छ जीन्दगी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्