गजल

गजल

-किस्मत खतिवडा
एउटा म रहेछु, अर्को को रहेछ
म जस्तै देखिएको ऐना पो रहेछ

मायामा नोक्सान मात्र हुन्छ भन्थे
अहिले थाहा भयो साँच्चै हो रहेछ

आजसम्म उसैलाई दोष लगाइरहे
विश्वास गर्नु ठुलो दोष मेरो रहेछ

तिमीले छोडेपछि नसा सुरु गरेथेँ
मन भुलाउन केहि त चाहिदो रहेछ

एकपटक फुटाई हेर्न मन छ मलाई
'किस्मत' को किस्मत कस्तो रहेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्