प्रिय कृष्ण

प्रिय कृष्ण

-सुरज दाहाल
अक्षरहरुमा म के लेखौ
दृश्यहरुमा म के देखौ
भावनाहरुमा म के पोखौ ?
तिमी अपरिभाषित रहनेछौ
ब्रह्माण्ड विख्यात तिमी अज्ञात हुनेछौ !

सदैव रहने एउटा शाश्वत धुन तिमी
मनहरुको विश्वस्त मन तिमी
अमनहरुको प्रशस्त अमन तिमी
दरबारिया दुर्योधनहरुको निर्धन तिमी
हिंस्रक दुशासनहरुको निधन
महाभारतको युद्ध र बुद्ध दुवै तिमी
राधाको जीवन र रुकमणिको योवन तिमी

सबै छलकपटको कथा तिमीले लेखायौ
भागवत गिताको गाथा तिमीले देखायौ
भिष्मपिताहरुको चित्ता तिमीले चोखायौ
मान्छेहरूलाई सत्ता तिमीले सिकायौ !
समयको यो यात्रामा
जिन्दगीको जात्रामा
धर्मको अनेकौ पात्रामा
तिमी छौकि छैनौ
रहन्छौ कि रहदैनौ
यी प्रश्नहरू हैनन
अप्रश्नहरु हुन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्