गजल

गजल

-किस्मत खतिवडा
टोलाइ रहन्छु बाटो हेरी, तिमी गएपछी
दिउसै हुन थाल्यो अधेरी,तिमी गएपछी

कसरी खुसी हुन सक्छु होला र खै अब?
खुसी छाउनै लाग्दा खेरी,तिमी गएपछी

जति सम्झाउन खोजे पनि बुझ्दैन मन
अचेल भएको छ अटेरी,तिमी गएपछी
बल्लतल्ल जिन्दगी हरियाली हुँदै थियो
मरुभूमि बगर भयो फेरी,तिमी गएपछी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्