-सविना श्रेष्ठ
तिम्रो त शहरमा मेरो गाउँमा एस्तै घर छ
गरीब भन्दै हेप्छौ कि?मलाई भन्ने डर छ।
संगै गाउँ बेसि गरौल खाउँल सिठो पिठो
बाच्ने आधार र जिन्दगीको ठुलो भर छ।
चुहिएको छानो जस्ता नसकेप नि के भो
काटुला र छाउँला पाखोभरी नै खर छ।
एकबारको जुनि संगैसंगै हुनि वाचा थियो
घन्टौंसम्म बिताएका साछी चौतारी वर छ।