इन्द्रपुर जेसीज सप्ताह सम्पन्न

इन्द्रपुर जेसीज सप्ताह सम्पन्न

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजले हरेक वर्ष झैँ यो वर्ष पनि समुदायलाई लक्षित गरि जेसीज सप्ताह कार्यक्रम सम्पन्न गरेकाे छ ।

जेसीज सप्ताहमा साताभरी भएका विभिन्न कार्यक्रममा सफल हुनेलाई पुरस्कार प्रदान गरिएकाे इन्द्रपुर जेसीज अध्यक्ष विना सुवेदी आचार्यले बताइन् । कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईकाे प्रमुख अतिथ्यता रहेको थियाे ।

जेसीज सप्ताहमा उद्घाटन समारोह तथा स्वास्थ्य शिविर, वक्तृत्वकला प्रतियोगिता, साइकल रेस, भ्याट, अडिट सम्बन्धि तालिम, लागु औषध विरुद्ध अभिमुखिकरण, अन्तर शाखा फुटसल तथा तिज विशेष र सप्ताह समापन समारोह कार्यक्रम गरिएको कार्यक्रमका मुल संयाेजक उत्सब थापाले जानकारी दिए ।

कार्यक्रममा विभिन्न शाखाका अध्यक्ष, पूर्व अध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्