ए बा

ए बा

-आरजे महेश भट्टराई
ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ ,
एकछिन त आराम गर , एकछिन त थकाइ मार ,
घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन ।

घाँस घाँस मात्रै भन्छाै आखिरीमा कति काट्नु घाँस ,
बस्तुभाउ बस्तुभाउ मरेमात्र भन्छाै आखिरीमा कति हेर्नु बस्तुभाउ ,
खानु छैन लाेभले बिरालालाई मात्रै खुवाउनु भन्छाै ,
ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ ,
एकछिन त आराम गर , एकछिन त थकाइ मार ,
घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन ।

जाेड्न त खै केही जाेडे जस्तो देखिदैन अनि किन लाेभ,
गर्न त खै केही गरे जस्तो देखिदैन अनि किन लाेभ ,
ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ ,
एकछिन त आराम गर , एकछिन त थकाइ मार ,
घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन ।

बुढेसकालकाे भत्ता पनि खेतमै हाल्नु भन्छाै,
बुढेसकालकाे तागत पनि खेतमै सक्नु भन्छाै ,
खै त खेतबाट त्यस्तो साेचे जस्तो छैन , साेचे जस्तो लाभ,
ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ ,
एकछिन त आराम गर , एकछिन त थकाइ मार ,
घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन ।

कति दिन घुँडा धस्ने , अनि कति दिन दारा कस्ने
बिहान पनि खेतमै हुन्छौं साँझ पनि त्यहीँ ,
खै त अरूले पनि खेती गर्छन , अरूले पनि वस्तु पाल्छन ,
यस्तो ज्यानै दिएको त देखिदैन नि
हाे गर्न त गर्नुपर्छ मात्रा मिलाएर ,
ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ
एकछिन त आराम गर , एकछिन त थकाइ मार
घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन ।

अरूले गरेको काम त तिमलाई चित्तै बुझ्दैन ,
आफैं जान्ने हाे भन्छाैं , आफैं विद्वान हुँ भन्छाैं ,
खै त काम गराईमा तरिका पुरियाएको ,
काम त सफा गर्नुपर्छ ,
राम्रो गर्नुपर्छ तर तिम्रो काम ल्यान फ्यान छ त ए बा ,
ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ ,
एकछिन त आराम गर , एकछिन त थकाइ मार ,
घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन ।

लाेभ पनि कति लागिया , प्राणै हिरिक्क जाने गरि
काम काम मात्रै भन्छाै , ए बा कहिले गर्ने रामराम यहाँ ,
ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ ,
एकछिन त आराम गर , एकछिन त थकाइ मार ,
घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन ।

@

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्