नेकपा एकीकृत समाजवादीबाट २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित, मोरङबाट कोहि परेनन्

<span class='c1'>नेकपा एकीकृत समाजवादीबाट २१ जनालाई केन्द्रीय</span> <span class='c2'>सदस्यमा मनोनित, मोरङबाट कोहि परेनन्</span>

नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय कमिटीको बैठक र केन्द्रीय सचिवालयको बैठकले २१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सचिवालयले स्थायी कमिटी सदस्य हरि पराजुलीलाई केन्द्रीय कमिटीको सचिवमा मनोनित गरेको उल्लेख छ। अनेरास्वियूबाट बाहिरिएपछि सुदेश पराजुलीलाई समेत केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

एकीकृत समाजवादीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछ । महाधिवेशनको कार्यतालिका तयार गर्ने काम केन्द्रीय सचिवालय गर्ने नेपालले जानकारी दिएका छन्।

को-को भए मनोनित ?
१. अजबहादुर मल्ल — बाजुरा
२. ओमचरण अमात्य — भक्ततपुर
३. गौतम राई — काठमाडौँ
४. गोविन्द चेपाङ —मकवानपुर
५. चन्द्रा श्रेष्ठ — झापा
६. चिरञ्जीवी भट्टराई —सुनसरी
७. जयप्रकाश यादव — बारा
८. दिपक केसी — काठमाडौँ
९. धनबहादुर कार्की — रामेछाप
१०. धर्म शाही — मुगु
११. नन्द बञ्जाडे — काठमाडौं
१२. बरुनाथ योगी — दैलेख
१३. बैकुण्ठ भुसाल —पर्बत
१४. भक्तिमान सुब्बा— पाँचथर
१५. मिना लामा —मकवानपुर
१६. रामप्रसाद ढुङाना — काठमाडौँ
१७. लंक हमाल — कपिलवस्तु
१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल— काठमाडौँ
२०. शैलेन्द्र उपाध्याय— रूपन्देही
२१. सुदेश पराजुली — काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्