मेराे गाउँमा

मेराे गाउँमा

-आरजे महेश भट्टराई
हाम्रा पुर्खा व्यस्त थिए गाई ,बाख्रा , भैँसी चराउनमा
दिन बित्थ्याे घाँस ,दाउरा उकाली र ओरालीमा
फलफूल राेपेर परिक्षण गर्नु त कहाँ हाे कहाँ उल्टै राेप्नेलाई भाड्ने गर्थें मेराे गाउँमा
खान भने थुक निल्दै अरू भन्दा अघि पुग्थे ।

हिमालकाे छाँया र हावा लागे मात्रै फल्छ फल भन्थे बा
लटरम्म रूखै झुम्म सुन्तला फले हर्दिलाकाे त्याे मेराे गाउँमा भन्दा हाे र भन्थे ।
वीर काका फलाे त मेराे गाउँमा पनि सुन्तला , लक्ष्मण भाई फलाे त मेराे गाउँमा पनि सुन्तला बाउ बाजेले नफलाएकाे फल छाेरा , नाति , पनातिले फलाए त लक्ष्मण मेराे भाई ।

सुन फल्छ , चाँदी फल्छ यहाँ मेराे गाउँमा हिराकाे भाे कुरा नगर
विदेशमा पैसा फल्छ भन्ने हावामात्रै हाे
विश्वास नगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्