मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

<span class='c1'>मोरङ र झापाबाट लागुऔषध</span> <span class='c2'>ब्राउनसुगरसहित ४ जना पक्राउ</span>

विराटनगर । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट बिहिबार साँझ प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका-३ त्रिवेणी चोकमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय नेत्र बिनोद भट्टराईलाई ५१ ग्राम ६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजार सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ गिरी बन्धु टि-स्टेटको चिया बगानबाट सुनसरीको ईटहरी-१७ का २६ बर्षीय भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका ३० बर्षीय शुशिल तामाङ २१० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् भने अर्जुनधारा नगरपालिका-११ का ४० बर्षीय बिनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्