गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

- समिन बरुवाल
जब उडेर गए मनबाट रहर सबै
तब भत्किए सपनाहरुको घर सबै

गल्लिमा आँखा झुकाएर हिड्नपर्छ
कातिल छन् यहाँ सबका नजर सबै

देशमा सालिकहरु राजनिती गर्छन्
भ्रष्टहरुको सिधाान्त छ अमर सबै

सफलतामा बधाइ दिन आफन्तहरु
हातमा बोकेर आएकाछन् खन्जर सबै

को चै यात्री हो र?कहाँ यात्रा छ र ?
झुटो रहेछ जिन्दगीको सफर सबै

मेरो मृत्युले स्वयं मसंग झुकेर गयो
छन् ब्यर्थ तिम्रा जहरका असर सबै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्