गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा
मलाई नै देखिन्छ मुख्य समाचारमा अचेल
रेडियो, टेलिभिजन, अखबारमा अचेल

कसले हल्ला फैलाएछ कुन्नि मेरो बारेमा
सुन्छु मेरै चर्चा, परिचर्चा बजारमा अचेल

चारैतिर चिर परिचित हुन थालेपछि
फरक छ आफन्तको व्यवहारमा अचेल

पिरतीमा धोका खाएको दिन देखि नै
भर लाग्दैन 'किस्मत' लाई प्यारमा अचेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्