एम. एस. सी. सर !

एम. एस. सी. सर !

-दमन पोखरेल
एम. एस. सी. सर हेर्नुसत उता साइकलमा आउनु भो,
नेताको गाडी हुँइकेर आउँदा सर हिलाले भिझ्नुभो ।

दोकाने दाइले उधारो पैसा तिर्नलाई भन्नु भो,
सरको अनुहार लाजले होला असाध्यै रातो भो ।

जाँडको तालमा एक व्यक्ति आज स्कुलमा छिरेछ,
तथानाम भनि गालामा थप्पड हानेर हिडेछ ।

शिक्षाको कानुन आउने भो भनि घोषणा भएछ,
सरकारले पनि ठगेको देख्दा मन त्यसै मरेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्