विराटमा ‘प्यान्क्रियाटीक क्यान्सर’ को सफल शल्याक्रिया

विराटमा ‘प्यान्क्रियाटीक क्यान्सर’ को सफल शल्याक्रिया

विराटनर । सुनसरी ४ का रियाज मियाँलाई बल्ल बाँच्ने आशा पलाएको छ । उनलाई शल्यक्रिया गर्नु अगाडीसम्म अस्पतालबाट जीवित घर फर्किन्छु के भन्ने चिन्ताले सताएको थियो । तर, बुढीगंगा–२ स्थित टंकीमा रहेको विराट मेडिक कलेज टिचिङ अस्पतालमा उपचार सुरु गरेपछि जीवन जीउने आत्माबल बढेको सुनाउछन् ।

जति उपचार गर्दा पनि रोग पत्ता नलागेपछि विराट टिचिङ आएर उपचार सुरु गरेको उनले बताए । ५५ वर्षीय मियाँले सुरुका दिनमा त जण्डिसको औषधी थुप्रै खाएका थिए तर औषधीले केही काम नगरेपछि उनी जीवनको अन्तिम अवस्थामा पुगेका थिए । जब विराट क्यान्सर अस्पतालले प्रक्रियावद्ध उपचार सुरु गरेर प्यान्क्रियाटिक क्यान्सर हो भन्ने पत्ता लगायो अनि उपचार पनि त्यहि अनुरुप सुरु गरेको थियो । शल्यक्रियापछि खुशी देखिएका मिया बाँचेर घर फर्किन लागेको प्रतिक्रिया दिन्छन् । उनी भन्छन्,‘ धेरै उपचार गराए तर, बाँच्छु जस्तो लागेको थिएन, जब यो अस्पतालमा आएर उपचार गराए मलाई बाँच्छु भन्ने लोगर आएको छ ’ दैनिक ज्याला मजदुरी गरेर जीविको चलाएदै आएका मियाँलाई उपचारपछि निको भएर काममा फर्किने उत्साह समेत पलाएको सुनाउँछन् ।

यो जटिल शल्याक्रिया हो : डा शर्मा
प्यान्क्रियाटीक क्यान्सरको उपचार ह्विपल प्रक्रियाबाट मात्रै गरिन्छ । यो एकदम जटिल शल्याक्रिया हो । अस्पतालका वरिष्ठ क्यान्सर सर्जन डा. शिवराज शर्माका अनुसार यस्तो खालको शल्यक्रियामा ५ देखि १० प्रतिशत त मृत्यु दर नै हुनेगरेको छ । जटिलता एकदम उच्च हुनेहुँदा शल्यक्रिया हत्तपत्त जहाँ पनि नहुने बताउदै उनले विराट मेडिकल कजेल विराट क्यान्सरमा सर्जरी सुरुवात भएको छ । यस क्षत्रेका विरामीहरु शल्यक्रियाका लागि बाहिर जानु नपर्ने निष्कर्ष समेत निकालिएको छ ।

प्यान्क्रियाटिकको प्रारम्भिक भाग, ड्युओडेनम, पित्तथैली र पित्त नली हटाइने र प्यान्क्रियाज, ड्युओडेनन र पित्त नलीमा भएका ट्युमर र अन्य विकारहरु ठीक गर्न ह्विपल प्रक्रिया गरिने डा. शर्माले बताए । डा. शर्माको अनुसार प्यान्क्रियाटिक क्यान्सरको उपचारको लागि सबैभन्दा महत्वपूर्ण शल्याक्रिया रहेको बताउँदै उनले शल्यक्रियापछि चिकित्सकले सानो आन्द्रालाई प्यान्क्रियाजमा जोड्ने गरिन्छ ।
यस्ता खालको क्यान्सरको उपचार ह्विपल पक्रियाबाट मात्र गरिने बताउदै उनले जसको साइ डइफेक्ट हुन सक्ने तर क्यान्सर रोगीका लागि यो शलयाक्रिया नयँ जीवन पाएजस्तै हुने समेत बताए ।

‘यो खालको रोग लिएर आउने दिन प्रतिदिन बढेको छ, समस्या भन्दा पनि रोग कसरी पत्ता लगाउने भन्ने हुन्छ,’ उनले भने,‘उहाँ जन्डिस भएर आउनुभएको थियो, आँखा पहेलो लिएर आउनुभएको थियो फिजिसियन डाक्टर सवाहरुले हेर्दा जण्डिस २० ÷२२ थियो ।’ जण्डिस दुई प्रकारको हुने जानकारी दिँदै उनले मेडिकल र सर्जिकल जण्डिस हुने गरको उनको भनाई छ ।

‘उहाँको सर्जिकल जण्डिस छ , धन्यवाद दिन्छौ फिजिसियन ग्यास्ट्रो टिमलाई समयमा नै उहाँहरुले जानकारी गराउनुभयो र सिटिस्क्यान गर्दा उहँको क्यानसर देखियो’ उनले भने,‘ जण्डिस कम गर्नु पनि पूर्वान्चलमा इरासिभि प्रवृत्ति गरेर इन्डोस्कोपि गरेर पित्त नलीमा पानी फाल्छौ यो पूर्वान्चलमा विराटमा, नोबेलमा र धरानमा छ त्यसले गर्दा पनि हामी गर्व गर्छौ ग्यास्ट्रोको डाक्टर हुनुहुन्छ, डा. डेनिस पिउस शर्मा उहाँले पनि समयमा साथ दिनुभयो र इआरसिपि गरेर पाइप हालेर जण्डिसलाई कम गरेका हौँ ।‘ तीनहप्ता लगाएर जण्डिस कम गराएका बताउदै उनले बिरामीलाई ठूलो अप्रेशनका लागि तयारी समेत गरेको उनले बताए ।

‘बिरामीलाई मानसिक, आर्थिक र परिवारलाई तयार गराएका थियौँ, फिजियोथेरापी गराएका थियौँ, स्वास फेर्न कसरत खानपिन लगायतका विषयमा तीन हप्ता सबै कुरालाई तयार गराएर शल्याक्रिया गरेका हाँै ।,’ उनले भने,‘यो अप्रेशनको समयमा विराट क्यानसरका टिम लगाय अस्पतालका सम्पूर्ण टिम प्रति धन्यवाद दिन चाहान्छु ।’ उनले काम प्रति हौसला साथै उर्जा थप्ने अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की एवम अस्पतालका सि.इ.ओ. डा डेनिस कार्की प्रति डा. शर्माले आभर समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्