विश्व फर्मासिस्ट दिवसको अवसरमा ४ जना स्वास्थ्य क्षेत्रका कर्मचारी सम्मानित

<span class='c1'>विश्व फर्मासिस्ट दिवसको अवसरमा ४</span> <span class='c2'>जना स्वास्थ्य क्षेत्रका कर्मचारी सम्मानित</span>

विराटनगर । विश्व फर्मासिस्ट दिवसको अवसरमा नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले स्वास्थ्य क्षेत्रमा काम गरेका ४ पुर्व कर्मचारीलाई सम्मान गरेको छ ।

सरकारी सेवाबाट अवकास प्राप्त भएका स्वास्थ्य क्षेत्रका गणेश तामाङ, दुर्गाराज भण्डारी, धिरन्नद झा र सुवकर्ण चौधरीलाई कदर पत्र र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवसर पारेर ४ जनालाई सम्मान गरेको हो ।

यसैविच एनपीए कोशी प्रदेशले फर्मासिस्टहरूको स्वास्थ्यको क्षेत्रमा भूमिका वियषमा एक अन्तक्रिया कार्यक्रम समेत गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले सहि औषधी सहि व्यक्तिलाई दिई नागरिकलाई सेवाबाट विमुख हुने अवस्था आउन दिनु नहुने बताइन् । औषधी उत्पादनदेखि विरामीलाई दिनेसम्म फर्मासिस्टको भूमिका महत्पूर्ण हुने गरेको उनले बताइन् ।

औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाले फार्मेसीप्रतिको आकर्षण बढ्दै जानु सकारात्मक भए पनि केही गलत व्यक्तिका कारण औषधी
व्यवसाय क्षेत्र नै बद्नाम हुन दिने अवस्था आउन नहुने बताए । गलत व्यक्तिको प्रवेशलाई व्यवस्थित गरी व्यवसायलाई नागरिक प्रतिको विश्वास गर्ने अवस्थाबाट विमुख हुन दिनु नहुने उनले बताए ।
उनले लाईसेन्स भाडामा लगाएर व्यवसाय सञ्चालन गर्ने जो कोहिलाई औषधि व्यवस्था विभागले कारबाही गर्न सक्नुपर्ने बताए । ‘औषधी व्यवसाय डाक्टर डोमीनेटेड रहेको छ,’ उनले भने, ‘डाक्टरले ब्रान्डमा ध्यान दिने गरेकाले समस्या हुने गरेको छ, यसलाई औषधि व्यवस्था विभागले नियमन गर्नु जरुरी छ ।’

नर्सिङ संघका सचिव तथा नर्सिङ क्याम्पस विराटनगरका प्रमुख मेनुका भण्डारीले व्यवसायिक रुपमा संस्थाहरू आफ्नो हक–हितका लागि नलाग्दासम्म कुनै पनि संस्थाको संस्थागत विकास हुन नसक्ने बताइन् ।
एलाइट फर्मासिटिकलका संचालक सुवर्ण भक्त जोशिले भारतबाट फर्मासिस्टको जनशक्ति ल्याउनुपर्ने अवस्थाको अन्त्य गरेर स्वदेशमा उत्पादनमा राज्य लाग्नुपर्ने बताए ।

निजी हस्पिटल एसोसिएसनका (अफिम) कोशी प्रदेशका अध्यक्ष डाक्टर शंकर अधिकारी विरामीलाई सचेत बनाउन पनि फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने गरेको बताए । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्यीय प्रदिप कुमार दास, मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेशका सचिब सुर्यनारयण चौधरी, नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिब डा. राजेन्द्र चौधरी, नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रालगायतले स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण एकजुट भएर आफ्नो हकअधिकारमा लडनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्