मोरङका सीमा क्षेत्रमा कडाई, जोगबनीबाट सुनसरी सोझियो तस्करी रुट

<span class='c1'>मोरङका सीमा क्षेत्रमा कडाई, जोगबनीबाट</span> <span class='c2'>सुनसरी सोझियो तस्करी रुट</span>

विराटनगर । सीमामा कडाई भएपछि तस्करहरुले सामान पठाउन ट्रान्सपोर्टको प्रयोग गर्न थालेका छन् । सशस्त्र प्रहरीले बिहीबार विराटनगर–७ स्थित भृकुटी चौकमा रहेकोे नेपाल ट्रान्सपोर्टबाट समेत तस्करीका सामान बरामद गरेको छ ।

तस्करहरुले सोझै सामान पु¥याउन नसक्ने स्थिति आएमा ट्रान्सपोर्टको प्रयोग गर्दछन् । मोरङका सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बलले कडाई गरिरहेको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा गेहेन्द्रबहादुर भण्डारी आएपछि सीमा क्षेत्रमा कसिएको छ । यद्यपी गणपति भण्डारीको आँखा छलेर पनि सेटिङको मालसामान भने मोरङका कतिपय नाकाबाट प्रवेश भइरहेको छ । तर, भन्सार छलेर भित्र्याएको सामानको सूचना पाएमा एसपी भण्डारीले जहाँसुकै पनि छापा हानिरहेका छन् । यहि सिलसिलामा नेपाल ट्रान्सपोर्टबाट ५७ बोरा सामान बरामद गरिएको छ । ट्रान्सपोर्टबाट ३७ बोरा खुर्सानी, १० बोरा केराउ, १० बोरा चनाको दाल बरामद गरि भन्सार दाखिला गरिएको हो । यता मोरङमा कडाई भएपछि अहिले जोगबनीबाट तस्करीको रुट सुनसरीतिर सोझिएको छ ।

जोगबनीमा सामान प्याक गरेर सुनसरी हुँदै पुनः विराटनगर भित्र्याउने काम भइरहेको छ । यसका लागि रिङरोडलाई बढी प्रयोग गरिदै आएको छ । विराटनगरको रिङरोड लक्षित गरेर सामान राती कटाउने गरिएको छ । विराटनगर–१६ र १२ मा उखुबारीको रुट प्रयोग हुने गरेको छ । यता असजिलो भएमा सोझै बर्जु हुँदै हुलाकी राजमार्गबाट बरगाछी चल्ने रुटमा सामान पुग्ने गरेको छ । बरगाछी समेत असजिलो भएमा कन्चनबारी, नेमुवामार्फत डिस्प्याच हुने गरेको छ ।

अहिले मोरङमा सशस्त्र प्रहरीको सेटिङमा सामान भित्रयाउन मुस्किल रहेको सीमा क्षेत्रमा खटिने एकजना सुरक्षा संयन्त्रका अधिकारीले बताएका छन् । उनका अनुसार जोगबनीबाट सिधै सुनसरीतर्फको रुटलाई केन्द्रीत गरेर सामान पठाउने गरिएको छ । जसमा केशलिया करिडोरको पश्चिमखण्ड आसपास हुँदै सामान कट्छ । यदि विराटनगरतर्फ सहज भएको रुट तत्काल पहिचान भएमा जुनसुकै बेला वारि तारेर सामान भण्डारण गर्ने गरिएको छ । त्यहि सामान ट्रान्सपोर्टमा आएर पठाउने गरिएको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्