विराट चेस क्लबकाे अध्यक्षमा लक्ष्मीकुमार श्रेष्ठ

विराट चेस क्लबकाे अध्यक्षमा लक्ष्मीकुमार श्रेष्ठ

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १२ स्थित विराट चेस क्लबकाे दाेस्रो चुनावी साधारण सभाले सर्वसम्मत रूपमा लक्ष्मीकुमार श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

काली मन्दिरमा भएको साधारण सभाले ९ जानाकाे नव कार्य समिती चयन गरेको हाे। चेस क्लबकाे उपाध्यक्षमा खगेन्द्र थापा ,सचिव वासुदेव घिमिरे ,सहसचिव हुरन चाैधरी, काेषाध्यक्ष चित्रकुमार श्रेष्ठ चयन भएका छन् । तेसै गरि सदस्यहरूमा प्रेमकुमार श्रेष्ठ ,हिमालचन्द्र लिम्बू , दिपक खनाल तथा श्यामजंघ थापा चयन भएका छन् ।

विराट चेस क्लबकाे बार्षिक साधारण सभामा क्लबका अध्यक्ष देवेन्द्र काफ्लेले अध्यक्षकाे मन्तव्य तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा काेषाध्यक्ष रविन श्रेष्ठबाट आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत भएको थियाे। उत्त कार्यक्रमकाे अवसरमा विराट चेस क्लबलाई सहयाेग गरि विगत बर्षमा अन्तर्राष्ट्रिय स्तरकाे वुद्विचाल प्रतियाेगिता सफलता पूर्वक सम्पन्न गर्न सहयाेग पु-याउँने विभिन्न व्याक्तित्वलाइ सम्मान तथा प्रसङ्सा गरिएको कार्यक्रम सञ्चालक मीन लिम्बूले जानकारी दिए ।

विराट चेस क्लकाे साधारण सभामा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाइ ,विशिष्ट अतिथि नगर प्रवक्ता राेशनप्रसाद ढकाल तथा क्लबका सल्लाहकार सदस्य शिवप्रसाद दाहाल लगायतले बाेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्