झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले बुधवार सांझ भद्रपुर नगरपालिका-५ बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३६ बर्षीय बिजय कुमार राजवंशी र २६ बर्षीय सुमन राजवंशी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ९५ मिलिग्राम लागुऔषध ब्राउनसगुर बरामद गरेको हो ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-२ का ४२ बर्षीय दिपक प्रसाईलाई ४ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्