गजल

गजल

-सृष्टि सावित्रा
मौसम झैं बदलिने रहेछन् बदलिने मान्छेहरु
यता पर्खाइमै जिवन सक्छन् पर्खिने मान्छेहरु

पत्थर मुटु हुनेहरु हजारौं गुन बिर्सेर जान्छन्
एउटै गुन जीवनभर सम्झिन्छन् सम्झिने मान्छेहरु,

स्थिर भएर हिँड्नु ओरालो उकालो आउन सक्छ
लक्ष्यमा कहिल्यै पुग्न सक्दैनन् बहकिने मान्छेहरु,

आफैलाई भर्नका लागि त, आफू रित्तिनै पर्दैन
अक्सर अरुकै लागि रित्तिन्छन् रित्तिने मान्छेहरु,

मुस्किलले भेटेर सजिलै गुम्ने भनेकै खुशी हो
हरेक मोडमा भेटिन्छन् पीडा थपिदिने मान्छेहरु,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्