गजल

गजल

-किस्मत खतिवडा
कसैको पनि मेरो जस्तो निधार नहोस्
खुशी एक, पिडा हजारौँ हजार नहोस्

मेरो जस्तै सबैको हुनुपर्छ म भन्दिन
यति हो कसैको गलत बिचार नहोस्

मृत्युदण्ड दिलाईयोस्, बलात्कारीलाई
ताकि कसैको छोरिको बलात्कार नहोस्

म न्याय नपाएर यहाँसम्म आएको हुँ
बिन्ती!अदालतमा कानुनको व्यापार नहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्