गजल

गजल

-अम्बिका अधिकारी
आकाशबाट जुन ताराले, देख्ने बेलामा आउनु
मनका सबै पीर व्यथाहरु लेख्ने बेलामा आउनु ।

हिजाेसम्म अन्जान थियाै समयले नजिक्यायाे
पर्खाइमा जल्याे मुटु , सेक्ने बेलामा आउनु ।

डाेली सजाई जन्तीसहित तिम्राे घरमा आउला
घुम्टाे ओढी लजाई लजाई, छेक्ने बेलामा आउनु ।

दुवै मुटु एउटै धड्कन लामाे श्वास लिउँला अनि
चरम सुख प्राप्त गर्दै, स्वर्ग टेक्ने बेलामा आउनु ।

सिथिल हुन्छन् हात पाउँ सबैस्थिर हुन्छ मन पनि
हिउँ सरी चिसिएका ति गाेडा, चेप्ने बेलामा आउनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्