विराटनगर । जहदा गाउँपालिका १ स्थित श्री जनबाल आधारभुत विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार जीवन विकास समाज कटहरी २ को आयोजना , जीवन विकास लगु वित्तीय वित्तीय संस्था लिमिटेड शाखा बुधनगरको सहयोग तथा नव बिहानी र थ्रि जिरो क्लबको समन्वयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय साक्षरता भनेको के हो, नोट को जतन कसरी गर्न सकिन्छ, वित्तीय व्यवस्थापन,सही सदुपयोग कसरी गर्न सकिन्छ, बचत कसरी गर्न सकिन्छ लगायत समग्र बैंकिङ क्षेत्रको बारेमा जानकारी दिइएको थियो ।
जीवन विकास समाजका सामाजिक सहजकर्ता अभय मगर र योग्यता देवकोटाले प्रशिक्षण गरेका थिए।
विद्यालयका कक्षा ७ र ८ का ४० जना विद्यार्थीको सहभागिता रहेको थियो।