कोशी प्रदेशसभाको बैठक भोलि बस्ने

कोशी प्रदेशसभाको बैठक भोलि बस्ने

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्