पर्यटन प्रवर्द्धनका लागि ‘खाँदबारी रन’ खुल्ला दौड प्रतियोगिता हुने

<span class='c1'>पर्यटन प्रवर्द्धनका लागि ‘खाँदबारी रन’</span> <span class='c2'>खुल्ला दौड प्रतियोगिता हुने</span>

विराटनगर । खाँदबारी युथ क्लबले 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संखुवासभाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्द्धन 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्थापना दिन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको युथ क्लवका महासचिव सुरेन शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले रु २ लाख ६१ हजारको कुल लागतमा विभागीय पुरुष टिम, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रस्ताव प्रस्तुत गर्दै प्रतियोगितामा सहकार्यका लागि जिल्ला स्थीत विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासंग सहकार्यको अपेक्षा राखिएको बताए ।

क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्व तथा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन:खाँदबारी टुडिखेल र खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन: लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने जनाईएको छ ।

क्लवका महासचिव सुरेन शाक्यले संचालन गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी महासंघ अध्यक्ष ईन्द्र गिरीले आन्तरिक पर्यटन प्रवर्द्धन सहित युवा एकता र भाईचाराको भावना अभिबृद्धि गर्न क्लवले आयोजना गरेको प्रतियोगिताको सफलताका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

समापन मन्तब्य राख्दै क्लवका कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापति मुनहाङ्ग गुरुङ्गले पर्यटन प्रवर्धन साथै आपसी सद्भाव अभिबृद्धिका लागि प्रतियोगिता संचालन गर्न लागिएकाले यसलाई सफल बनाउन सबैपक्षको सहयोग र सहभागिताको अपेक्षा राखिएको धारणा राखेका थिए ।

२०६१ सालमा स्थापित खाँदबारी युथ क्लवले खाँदबारीको पर्यटन प्रवर्द्धनका लागि नगरको सरसफाई, सुरक्षाका लागि सिसि क्यामेरा जडान र खेलकुद प्रतियोगिता साथै अन्य बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुको अगुवाई गर्दैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्