दोलखा सुन तस्करी प्रकरण : काठमाडौँबाट थप एक जना चिनियाँ पक्राउ

<span class='c1'>दोलखा सुन तस्करी प्रकरण : काठमाडौँबाट</span> <span class='c2'>थप एक जना चिनियाँ पक्राउ</span>

काठमाडौँ । दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट आज थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुवानका तासी दावा भनिने आगर लामा रहेको सिआइबी का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार दोलखा सुन तस्करीमा निजको संलग्नताको अनुसन्धानका लागि निजलाई आज स्वयम्भूबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सिआइबीले जनाएको छ । यस अघि सीआइबीले काठमाडौँका विभिन्न स्थानबाट एक जना चिनियाँ नागरिकसहित तीन जना नेपालीलाई पक्राउ गरेको थियो ।

यही असोज ११ पहिलोपटक दोलखाको सिङ्गटीमा ४ किलो सुन बरामद गरिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिङ्गटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्